निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह

काठमाडाैं | माघ ४, २०८२

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा समूह तस्बिर फाइल

काठमाडौं: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो ।


नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । 


उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्